१. रेशम खेतीका लागि किम्बु, फलफूल तथा आलङ्कारिक विरुवाको बेर्ना उत्पादन श्रोत केन्द्रको रुपमा विकास गर्ने।

२. नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको रेशम खेती विकास शाखा खोपासीको लागि बीज कोया उत्पादन गर्ने।

३. किम्बु बगैंचा व्यवस्थापन तथा किम्बुको मातृ श्रोतको संरक्षण र वृद्धि विकास गर्ने।

४. किम्बु, फलफूल तथा आलङ्कारिक विरुवाको बेर्ना उत्पादन श्रोत केन्द्रको रुपमा विकास गर्ने।

५. रेशम खेतीमा प्रविधिको अध्ययन, परिक्षण, विकास तथा प्रसार गर्ने।

६. विभिन्न प्रजातिका च्याउहरुको उत्पादन प्रविधि प्रदर्शन गर्ने।

७. च्याउको उन्नत उत्पादन तथा उत्पादनोपरान्त प्रविधि अध्ययन, परिक्षण तथा विकास गरी प्रसार गर्ने।

८. च्याउ बीउ/स्पान उत्पादन गरी कृषकहरुलाई बिक्री वितरण गर्ने।

९. निजी क्षेत्रका प्रयोगशाला मार्फत उत्पादन हुने च्याउ बीउको अनुगमन तथा सुपरीवेक्षण गरी गुणस्तर परिक्षण गर्ने।

१०. च्याउका जर्मप्लाज्महरुको संकलन तथा संवर्धन गर्ने।

११. व्यवसायिक किट विकास सम्वन्धी अध्ययन गरी तथ्याङ्क अध्यावधिक गर्ने।

१२. व्यवसायिक किट विकास सम्वन्धी सीपमूलक तालिम संचालन गर्ने।

१३. कृषकको आवश्यकता अनुसार व्यवसायिक किट विकास सम्वन्धी सल्लाह र सुझाव दिने।

१४. नेपाल कृषि अनुसन्धान परिषदको सम्बन्धित अनुसन्धान एकाइसंग समन्वय गरी नविनतम प्रविधिको प्रचार प्रसार गर्ने।