फार्मवाट संचालन हुने मुख्य मुख्य कार्यहरु

  • रेशम कीरापालनको लागि छनौट गरिएको कान्भा२ जातबाट किम्बु बिरुवा उत्पादन गरी कृषि सम्बन्धी कार्यालय, सम्बद्ध गैह्र सरकारी संस्था मार्फत वा कृषकहरुलाई बिक्री वितरण गर्ने।
  • बिभिन्न जातका मातृश्रोत किम्बु बिरुवाहरु संकलन गरी संरक्षण गर्ने।
  • मातृ श्रोतका रुपमा लगाइएका किम्बु बिरुवा संरक्षण तथा प्रसारण गर्ने।
  • रेशम कीराको फुल आपुर्तिको लागि सहयोग पुर्याउन बीजकोया उत्पादन गर्ने।
  • कृषकबाट उत्पादित रेशम कोया संकलन एवं खरिदको लागि आवश्यक सहयोग गर्ने।
  • कृषकको माग अनुसार रेशम कीराको फुल उपलब्ध गराई चौकी कीरापालन पश्चात बितरण गर्ने।
  • केन्द्रको प्रभाव क्षेत्र भित्र पर्ने जिल्लाहरुमा रेशम खेतीको लागि छनौट गरिएका पकेट क्षेत्रहरुमा स्थलगत प्राविधिक सेवा पुरयाउने तथा रेशम खेती सम्बन्धि प्रचार प्रसार कार्य गर्ने।
  • रेशम खेतीका लागि स्थानीय स्तरबाटै श्रोत, साधन तथा संरचनाहरुको बिकासमा जोड दिई ग्रामिण कृषकहरुको आर्थिक उत्थान गर्ने कार्यमा टेवा दिने।
  • कृषकहरुको माग बमोजिम च्याउ विउ उत्पादन तथा वितरण गर्ने।
  • च्याउ खेती सम्वन्धी बिभिन्न तालिम संचालन गर्ने।
  • फलफूलको विरुवा उत्पादन तथा वितरण गर्ने।
  • धान/धान विउ उत्पादन तथा वितरण गर्ने।